चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा « Khabarhub

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चेन्नई सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा पुगेको छ ।

दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए ।

दिल्लीका टम करणले ३ विकेट लिए । एन्रिच नोर्किया र अभेस खानले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ऋषव पन्तले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले। शिम्रन हिटमायरले ३७ रन जोड्दा अक्षर पटेलले १० रन जोडे । शिखर धवन ७ रनमा आउट भए ।

चेन्नईका जोस हाजलउडले २ विकेट लिए । रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ ।

एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४५ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग