आर्यन बुधबारसम्म हिरासतमै बस्नुपर्ने | Khabarhub Khabarhub

आर्यन बुधबारसम्म हिरासतमै बस्नुपर्ने


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– मुम्बई क्रुज लागुऔषध मामलामा जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टोबर १३ अर्थात् यो बुधबारसम्म आर्थर रोडमा रहेको न्यायिक हिरासतमै बस्नुपर्ने भएको छ । उनको जमानतको मामलामा बुधबार दिउँसो २ः४५ मा सुनुवाई हुँदैछ ।

गत शुक्रबार आर्यनको जमानत निवेदन अदालतले अस्वीकार गरेपछि उनले पुनः अर्को नयाँ जमानत निवेदन अदालतमा दिएका थिए । आर्यनको पैरवी गर्नका लागि ‘हिट एण्ड रन’ मुद्धामा सलमान खानको पक्षमा वकालत गर्ने वकिल अमित देसाई अदालत पुगेका थिए । यद्यपि यो मामलाको सुनुवाई अक्टोबर १३ मा विशेष एनडीपीएस कोर्टमा हुनेछ । यता एनसीबीले जवाफ दिनका लागि अदालतसँग समय मागेको छ ।

‘यो निकै स्वाभाविक हो । यदि अदालतले जमानत निवेदन खारेज गरिदियो भने हामी यसकाविरुद्ध उच्च न्यायालयमा जानेछौं । हामीले मुम्बईको विशेष एनडीपीएस कोर्टमा जमानत निवेदन दर्ता गराएका छौं’ आर्यनका वकिल सतीश मानशिन्देले भनेका छन् ।

आर्यनको जमानत निवेदनमा उनीबाट कुनै किसिमको लागुऔषध बरामद नभएको र आरोपीसँग उनको कुनै साँठगाँठ नभएको उल्लेख गरिएको छ । यसबाहेक आर्यनले लागुऔषध सेवन गरेको या नगरेको भन्ने कुनै प्रमाण नभेटिएको निवेदनमा दाबी गरिएको छ ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले अक्टोबर २ मा मुम्बईको एक हाइ प्रोफाइल रेव पाटीमा छापा मारेको थियो । जहाँबाट आर्यनसहित ८ व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ५७ बजे

रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित