मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने « Khabarhub

मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ ।

प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख किरिया खर्च दिने निर्णय गरेको हो । औद्यागिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने व्यक्तिहरूले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि आइतबार दोहोरो झडप भएको थियो ।

त्यसक्रममा प्रहरीले गोली चलाउँदा चारजनाको मृत्यु भएको हो । मृतकका परिवारलाई जनही एक एक लाख दिने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

मुख्यमन्त्री, आन्तरिक मामिला तथा सञ्चार मन्त्री, सुरक्षा परिषद्सहितको बैठकले सोमबार सो निर्णय गरेको हो । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घटना अध्ययन गरी सुझाव दिन कार्यदल पनि गठन गरेको छ ।

बैठकमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न तयार रहेको बताएका थिए । वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न प्रदेश सरकारले अध्ययन गरिरहेको भन्दै उनले अहिले विवाद भएको ठाउँ प्रदेशले नचलाएको र औद्योगिक ग्राम नै हडप्न आएपछि प्रहरीले सुरक्षाको लागि गोली चलाएको उल्लेख गरे ।

आगामी दिन सो स्थानमा थप क्षति हुन नदिन प्रहरी संवेदनशील हुने, घाइतेहरूको प्रदेश सरकारले उपचार गर्ने र सुकुम्बासीको पहिचानका लागि छिटो कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ ।

सोमबारको घटनाबारे जिल्लाका सबै सुरक्षा निकायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको