५६ पर्दामा ‘डाँडाको वरपीपल’ « Khabarhub

५६ पर्दामा ‘डाँडाको वरपीपल’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ आज फूलपातीबाट देशव्यापी रिलिज भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुति रहेको फिल्ममा नवराज गिरीको लगानी रहेको छ ।

फिल्मलाई उपत्यकामा वितरक गोपालकाजी कायस्थको बीके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् । वितरकका अनुसार देशका ५६ वटा पर्दामा फिल्म रिलिज हुँदैछ । फिल्मले सोमबार राजधानीमा प्रिमियर गरेको थियो । प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ४७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा