बलिउड गायिका नेहा कक्करले काठमाडौंमा प्रस्तुति दिने « Khabarhub

बलिउड गायिका नेहा कक्करले काठमाडौंमा प्रस्तुति दिने


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – बलिउडमा चर्चा कमाएकी गायिका नेहा कक्करले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छिन् । राजधानीको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा उनले कन्सर्ट गर्न लागेकी हुन् । योसँगै नेहाको नेपालमा यो पहिलो कन्सर्ट पनि हो ।

‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त कार्यक्रम जेठ २५ गते शनिवारका दिन हुनेछ । कन्सर्ट स्थलमा २५ सय दर्शक अटाउने आयोजकले जनाएको छ । नेहालाई नेपाल ल्याउने काम पारामाउन्ट इन्टरटेनमेन्टले गरेको हो ।

नेहाले उक्त कार्यक्रममा लोकप्रिय गीत प्रस्तुत गर्ने तयारीमा रहेको आयोजक संस्थाका प्रमुख दीपक घिमिरेले जानकारी दिए । कार्यक्रम बेलुका ८ बजेदेखि शुरु हुनेछ । प्रस्तुति दिनका लागि नेहा शुक्रवार नै नेपाल आउने योजना छ ।

यस्तै कार्यक्रममा नेपाली गायक तथा गायिकाको पनि सहभागिता रहने जनाइएको छ । कार्यक्रममा ‘इन्डियन आइडल’ का उत्कृष्ट दश प्रतिस्पर्धीले समेत आफ्नो प्रस्तुति दिनेछन् । कन्सर्टमा सहभाी हुन चाहने दर्शकका लागि बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ ।

पछिल्लो समय नेहा कक्करले स्वर दिएका गीत हिट भएका छन् । बलिउड फिल्ममा गीत गाएकी नेहाले हालै आफ्नो युट्युबमा सार्वजनिक गरेको गीत ‘तेरा घाटा’ लाई दर्शकले रुचाएका थिए । त्यस्तै ‘आँख मारे’ बोलको गीत पनि चर्चित छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ४ : ०० बजे

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र