हराउँदै मालश्री गीत गाउने चलन, देखिदैँन सारङ्गी  | Khabarhub Khabarhub

हराउँदै मालश्री गीत गाउने चलन, देखिदैँन सारङ्गी 


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा-दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन नसक्दा संकटमा परेको हो । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँछ ।

तानसेन नगरापालिकाको बसपार्कका रामबहादुर गन्धर्व अहिले ७० वर्ष भए। मालश्री गीत गाउन पहिला रातिको तीन बजे नै जाने चलन थियो । मालश्री गीत गाउने युवा प्रशस्त हुने भएपनि अहिले कोही पनि भएको गन्धर्वको मन खिन्न छ । पहिला जस्तो सारङ्गी बजाउने विशेष रुचि नहुँदा दसैँमा मालश्री र अन्य समय सारङ्गी बजाइ गीत गाउने चलन हराएको हो ।

मालश्री गीत गाउन उमेर जति पाको हुनुभयो, सारङ्गी बजाउन रहर त्यति नै जागेको छ, तर बढेसकाल लागेकोले रहरले मात्र भएन, गाउँ बस्ती पुगेर गीत गाउन सकिँदैन । अहिले सारङ्गीको धुनसँगै गीत गाउने क्षमता भएका जिल्लाकै एउटा पात्र रामबहादुर गन्धर्व मात्र हुन । गन्धर्व जातिमाथि अपमान र छुवाछुतकै कारण युवा पुस्ता यो पेशाबाट विस्थापित भएका छन् । युवा पुस्ता सारङ्गी बजाउने पेशामा आकर्षित हुन सकेको छैन ।

सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।

गन्धर्व जातिको बस्ती रहेको युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत बजाउने पेशा संकटमा परेको हो । नेपाली मौलिक लोकबाजा र लोक संस्कृतिको झल्को सारङ्गी रेटेर गीत गाउँदा आउने गर्छ । गैरदलित समुदायले गीत गएर ठूला महलदेखि सवारीसाधन किन्न सक्ने स्थिति हुने, गन्धर्व जातिले गीत गाउँदा जीवीकोपार्जनमा समस्याले युवाको आकर्षण हुन नसकेको गन्धर्व टोल विकास समितिका पूर्व अध्यक्ष दिनेश गन्धर्व बताए । तानसेन नगरपालिका सहित रम्भा र रिब्दिकोट गाउँपालिकामा गन्धर्व जातिको बसोबास छ । गीतसंगीतमा यसको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।

सारङ्गी बजाउने अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ । गन्धर्व समुदायका सारङ्गी बजाउन सीप भएपनि राज्यको वेवास्ताका कारण अन्य पेशामा लाग्नुपर्ने बाध्यता सिर्जना भएको हो । स्थानीयवासी शालिकराम गन्धर्वका अनुसार छोरा छोरीले लेखपढ गरेपनि स्वदेशमा काम नपाइदा रोजगारीका लागि अन्यत्र जादा यो पेशा संकटमा परेको हो ।

सारङ्गी बाजा बजाई जीवीकोपार्जन गर्न अझै पनि समस्या हुँदा यो पेशा छाडेको गन्धर्वको भनाइ छ । गन्धर्व जातिको पुर्ख्यौली पेशा लोप हुनुमा सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक रहेको दलित अधिकारकर्मीको भनाइ छ । गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन सकेको छैनन् । सारङ्गी बजाउन पेशालाई निरन्तरता दिन गन्धर्व जाति बाहेकका युवा पुस्तालाई आकर्षित गर्न सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा दलित अधिकारकर्मी तीर्थप्रसाद गौतम जोड दिन्छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  २ : ४२ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही