दशैँमा निजी एयरलाइन्सलाई यात्रुको माग धान्नै मुस्किल | Khabarhub Khabarhub

दशैँमा निजी एयरलाइन्सलाई यात्रुको माग धान्नै मुस्किल


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ ।

दसैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ । ठूला एयरलाइन्सको दसैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ ।

दसैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि लालाहित छन् ।

आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवा दिइरहेका छन् । बुद्ध एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ ।

दुई साना र १३ एटिआर सहित कूल १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ११ : ५९ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्