भारतसँग हारेपछि नेपाल उपविजेता « Khabarhub

भारतसँग हारेपछि नेपाल उपविजेता


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो ।

माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो । भारतका लागि सुनील क्षेत्री र अनिरुद्ध थापाले गोल गरेका थिए । खेलको ९० औं मिनेटमा भारतले थप एक गोल गरेको थियो ।

खेलमा नेपालका तर्फबाट गोलका थुप्रै प्रयास भए पनि भारतीय किपरले बचाएका थिए ।

भारतका तर्फबाट दर्जनभन्दा बढी नेपालको पोस्टमा आक्रमण भएको थियो । नेपाली किपर किरण लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । नेपाली डिफेण्डर रोहित चन्दले भारतीय आक्रमणलाई निस्तेज पारेपछि नेपाल थप गोल खानबाट जोगिएको थियो ।

प्रतियोगतामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामात्र सहभागी थिए । यो पटक राउण्ड रोबिनमा लिग खेलाइएको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो । लिग चरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १० : ३८ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा