दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री « Khabarhub

दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् ।

असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए ।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४६ लाख ५९ हजार १३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ८४ लाख ३२ हजार ८४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २३ लाख ६६ हजार १५५ बराबरको खसीबोका बिक्री गरेका छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् रु सात लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २८ लाख ३८ हजार ३२४, आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् रु ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३० लाख २८ हजार १५८ को खसी बिक्री भएको छ ।

ती सहकारीमार्फत् एक हजार ४८८ खसीबोका बिक्री भएका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको छ ।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग गरेको बताइन् । “यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ”, उनले भनिन्।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भनिन्, “प्रत्येक वर्ष दसैं तिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी बिक्री गरेर चाडपर्व मनाउन पाउने गरेका छन् ।”

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत दश सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको छ ।

सहकारीले बजारीकरणमा सहयोग गरेपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खशी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १० : २० बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको