दशैँपछि खानपानमा ध्यान दिनुपर्ने कुरा | Khabarhub Khabarhub

दशैँपछि खानपानमा ध्यान दिनुपर्ने कुरा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँमा एक पटक पकाएको मासु तथा अन्य परिकार दशैँभर खाने चलन पनि छ । यस्ता खानपानले हाम्रा स्वास्थ्य असर गर्छ । दशैँमा हामी जसरी खानपानमा केन्द्रित हुन्छौं, त्यति आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक हुन्छ ।

दशैँमा बढि मात्रामा, एकै पटक एकै खाले मासुजन्य परिकार खादाँ बिभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यसबाट बच्न समयमै कम खाने, समय अन्तरमा खाने गर्नु पर्दछ । तर दशैँमा खानपानमा नियन्त्रण हुन सक्दैन र मानिस बिभिन्न स्वास्थ्य समस्या झेल्न बाध्य हुन्छन् ।

बासी नखाने
बासी खानु त्यसै पनि राम्रो होइन । तर मासुको हकमा भने प्रोटिन तत्व आगोले नष्ट नगर्ने, बासी हुँदा पनि नजाने हुँदा एक दुई दिनसम्म सुरक्षित प्रयोग गर्न सकिन्छ । तर धेरै बासी खानु राम्रो होइन । गनाउने, किटाणुहरु पनि आइसकेको मासु खाँदा स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसैले दशैँमा थोरै थोरै सधैँ पकाएर खाँदा स्वास्थ्यलाई कुनै पनि असर गर्दैन ।

फ्रिजका सामानको प्रयोग
दशैँमा धेरै मानिसले गर्ने अर्को गल्ती हो, फ्रिजका राखेको खानेकुरा प्रयोग । फ्रिजमा राखेर लामो समयसम्म खानेकुरा खानु ठीक हुदैँन । फ्रिजमा धेरै दिन राखेको खानेकुरालाई स्वास्थकर हुदैँन ।

दूग्धजन्य पदार्थहरु छिट्टै बिग्रिने हुँदा फ्रिज प्रयोग गर्नु नै पर्छ । अरु खानेकुरा पनि एक दुई दिनसम्म फ्रिजमा राख्न सकिन्छ । तर छोपेर राख्नुपर्ने हुन्छ । तातो, अमिलो, पिरो, तेलयुक्त पदार्थ प्लास्टिकको सामानमा प्रयोग नगर्दा राम्रो हुन्छ ।

यस्तै चाडै सड्ने खाना कागजमा बेरेर फ्रिजमा राख्न सकिन्छ । फर्सी, इस्कुस, घिरौँला जस्ता सागसब्जी बाहिर राख्दा पनि कुहिँदैन । तेलले खानालाई सुरक्षित राख्ने काम गर्छ, त्यसैले तेल भएका खानेकुरा फ्रिजमा नराख्दा हुन्छ । पुराना अचार पनि फ्रिजमा नराख्दा हुन्छ ।

बोसोको प्रयोग
दशैँ खानपानको मुख्य पर्व भएकाले यो समय खानपानलाई महत्वका साथ हेरिन्छ । दशैँमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि फाइदाजनक हो तर बोसोजन्य मासुले स्वास्थ्यलाई फाइदा गर्दैन । बोसो निकालेर रातो मासु बनाएको भन्दा पनि बोसो नै नभएको मासु राम्रो हुन्छ ।

अर्को प्रशोधन नगरेको ताजा मासु खानु राम्रो हुन्छ । अहिले धेरै बोसोजन्य मासु पाइने हुँदा हानिकारक भनिएको हो । यस्तो मासुमा प्रोटिनको मात्रा कम हुन्छ । बोसोको मात्रा धेरै हुन्छ । हामीले सेवन गर्ने मासुमा जम्ने बोसो धेरै मात्रामा पाइन्छ । अनि कडा किसिमको बोसो भएको मासु खाने हाम्रो दैनिक जीवनयापन हिँडडुल नगर्ने, धेरै सवारी साधनमा प्रयोग गर्दा पनि रातो मासु हानिकरक हुन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ४१ बजे

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश