भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति | Khabarhub Khabarhub

भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ ।

रुपन्देही मर्चवारका रामअवतार यादवले पाँच बिगाहा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए । ‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, तर एक्कासी वर्षा सुरु भयो । वर्षभरिको मेहनत खेर गयो,’ उनले भने ।

धेरैजासो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ । बुटवल उपमहानगरपालिका–१५ रानीगन्जका जीतबहादुर रानाले एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पुर्‍याएको बताए । ‘यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै नष्ट गर्‍यो,’ उनले भने ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाईलगायतका स्थानीय तहमा धान काटिसकेको हुनाले धान खेतमै डुबेको छ । थोरैले मात्र उठाउन भ्याएका छन् ।

ओमसतिया गाउँपालिका–५ का गजेन्द्र चौधरीले पनि सबै धानबाली डुबानमा परेको बताए । समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । यसवर्ष समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो ।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६५ हजारभन्दा बढीमा धान खेती गरिएको छ । रुपन्देही समेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताए । ‘हामीले स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौं, एक दुई दिनमै थाहा हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ३७ बजे

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा (तस्बिरहरू)

काठमाडौं– पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभावका

काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर

नेपालगञ्ज–गुलरिया सडकमा चार लेनको पुल निर्माण हुँदै

बाँके– नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की

पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै

स्याङ्जा– स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ

भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’