कोरोना संक्रमणका कारण उद्योगी महर्जनको निधन « Khabarhub

कोरोना संक्रमणका कारण उद्योगी महर्जनको निधन


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शका कार्यकारिणी सदस्य रमेश महर्जनको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण उनको उपचारका क्रममा सोमबार ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोभिड संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भएपछि सोमबार बिहान मात्र महर्जनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । फोक्सोको ८० प्रतिशत भागमा संक्रमण देखिएपछि आईसीयूबाट भेन्टिलेटरमा सारेलगत्तै महर्जनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१२ दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका महर्जनको एक सातायता मेडिसिटीमा उपचार भइरहेको थियो ।

अस्पताल भर्ना हुँदा महर्जनको फोक्सोको ६० प्रतिशत भाग संक्रमित रहेको उपचारमा संलग्न चिक्तिसकले जनाएका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष समेत थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ४० बजे

केन्द्रीय सदस्य हारेपछि एमाले नेता विष्टले दिए राजीनामा

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी