पछिल्लो २४ घण्टामा ४ लाख २८ हजार जना कोरोनामुक्त « Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख २८ हजार जना कोरोनामुक्त

३ लाख ३४ हजार थपिए, ४ हजार ८११ को मृत्यु


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४९ हजार १५६, अमेरिकामा ४७ हजार १६९, रुसमा ३४ हजार ३२५, टर्कीमा २९ हजार २४०, भारतमा १२ हजार ३३८ र ब्राजिलमा ७ हजार ४४६ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ४ लाख २८ हजार ३५ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ३९ हजार ६६९ जना संक्रमणमुक्त भएका हुन् । त्यसैगरी बेलायतमा ३८ हजार, टर्कीमा २६ हजार, भारतमा १९ हजार, ब्राजिलमा १८ हजार र रुसमा १६ हजार बढी एकैदिन निको भएका छन् ।

गत २४ घण्टामा ४ हजार ८११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसका ९९८, अमेरिकाका ६१८, टर्कीमा २१४ ब्राजिलमा १९७, भारतमा १६४ र बेलायतमा ४५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड १८ लाख ५८ हजार १५६ पुगेको छ । तीमध्ये २१ करोड ९१ लाख ७४ हजार ९९२ जना निको भइसकेका छन् भने ४९ लाख २० हजार १२८ जनाले ज्यान गुमाएका छन् ।

 

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ५३ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले