पछिल्लो २४ घण्टामा ४ लाख २८ हजार जना कोरोनामुक्त « Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख २८ हजार जना कोरोनामुक्त

३ लाख ३४ हजार थपिए, ४ हजार ८११ को मृत्यु


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार बेलायतमा ४९ हजार १५६, अमेरिकामा ४७ हजार १६९, रुसमा ३४ हजार ३२५, टर्कीमा २९ हजार २४०, भारतमा १२ हजार ३३८ र ब्राजिलमा ७ हजार ४४६ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ४ लाख २८ हजार ३५ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक लाख ३९ हजार ६६९ जना संक्रमणमुक्त भएका हुन् । त्यसैगरी बेलायतमा ३८ हजार, टर्कीमा २६ हजार, भारतमा १९ हजार, ब्राजिलमा १८ हजार र रुसमा १६ हजार बढी एकैदिन निको भएका छन् ।

गत २४ घण्टामा ४ हजार ८११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसका ९९८, अमेरिकाका ६१८, टर्कीमा २१४ ब्राजिलमा १९७, भारतमा १६४ र बेलायतमा ४५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड १८ लाख ५८ हजार १५६ पुगेको छ । तीमध्ये २१ करोड ९१ लाख ७४ हजार ९९२ जना निको भइसकेका छन् भने ४९ लाख २० हजार १२८ जनाले ज्यान गुमाएका छन् ।

 

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ५३ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको