पौषको दोस्रो साताबाट दर्शकमाझ ‘चुरीफुरी’ « Khabarhub

पौषको दोस्रो साताबाट दर्शकमाझ ‘चुरीफुरी’


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–निर्देशक ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरीफुरी’ आगामी पौष ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा निर्देशक ऋषिराज आचार्यसँग गरेको साक्षात्कारमा आचार्यले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक आचार्यले कोरोनाले दिक्क भएका दर्शकलाई ‘फ्रेस’ बनाउने औषधिको काम आफ्नो फिल्मले गर्ने दाबी गरे ।

‘कोरोनाले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प छैन । नेपाल चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि फिल्म प्रदर्शन सम्बन्धी राहतको प्याकेज ल्याउनुपर्छ । जसलेगर्दा करोडौंको लगानी रहेका फिल्म निर्माताहरुमा पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण सिर्जना हुन्छ’, उनले भने ।

सोसियल कमेडी जनरामा निर्माण भएको फिल्ममा रवीन्द्र झा, सुबोध गौतम, राजिवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतको अभिनय छ ।

फिल्ममा दीपक शर्माको संगीत, राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल(भन्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको फिल्मको वितरक डीसीएन हो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : ४९ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरकन ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत