मनाइयो कोजाग्रत पूर्णिमा, सकियो दशैँ | Khabarhub Khabarhub

मनाइयो कोजाग्रत पूर्णिमा, सकियो दशैँ


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन्।

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्षअर्थात् बडादसैँ पर्वको अन्तिम दिन मङ्गलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिअर्थात् अखिल बलिपूर्तिको काम पनि मङ्गलबार नै समाप्त भएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ । मङ्गलबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्षअर्थात् दसैँपर्व आमनेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन् । आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधानसमेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए। महालक्ष्मीसँगै मङ्गलबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा मङ्गलबार परे पनि पूर्णिमा व्रत भने आज रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो ।

कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै सुरु हुने समितिले जनाएको छ । वैदिक सनातन धर्ममा कात्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कात्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसी भैलोलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५९ बजे

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना