मनाइयो कोजाग्रत पूर्णिमा, सकियो दशैँ « Khabarhub

मनाइयो कोजाग्रत पूर्णिमा, सकियो दशैँ


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन्।

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्षअर्थात् बडादसैँ पर्वको अन्तिम दिन मङ्गलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिअर्थात् अखिल बलिपूर्तिको काम पनि मङ्गलबार नै समाप्त भएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ । मङ्गलबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्षअर्थात् दसैँपर्व आमनेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन् । आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ। आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधानसमेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए। महालक्ष्मीसँगै मङ्गलबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा मङ्गलबार परे पनि पूर्णिमा व्रत भने आज रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो ।

कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै सुरु हुने समितिले जनाएको छ । वैदिक सनातन धर्ममा कात्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कात्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसी भैलोलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५९ बजे

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि