किसानलाई राहत दिन अखिल नेपाल किसान महासंघको माग « Khabarhub

किसानलाई राहत दिन अखिल नेपाल किसान महासंघको माग


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण डुवानमा परी धानबालीको नष्ट भएकाले त्यसको आवश्यक क्षेतिपूर्ति दिन अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै किसानले भित्राउने तयारी अवस्थामा रहेको देशको मुख्यबाली धानमा ठूलो क्षेति पुगेकाले क्षतिको सत्यतथ्य विवरण संकलन गरी सरकारले किसानलाई राहत दिनुपर्ने माग गरेको छ ।

प्राकृतिक विपत्ति लगायतका कारण कृषि क्षेत्रमा हुने क्षतिबाट किसानलाई संरक्षण गर्नका लागि बाली विमाको कार्यक्रमलाई सहज र प्रभावकारी बनाउनुका साथै मौषम पूर्वानुमानलाई थप प्रभावकारी बनाउने र आम किसानहरुलाई सहजै जानकारी प्राप्त गर्ने गरी व्यवस्था मिलाउन पनि महासंघले सरकारसँग माग राखेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले डुवान हुँदा भित्र्याउने तयारीमा रहेको ठुलो परिनामको धान खेतमै नष्ट भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : २६ बजे

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले