किसानलाई राहत दिन अखिल नेपाल किसान महासंघको माग « Khabarhub

किसानलाई राहत दिन अखिल नेपाल किसान महासंघको माग


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण डुवानमा परी धानबालीको नष्ट भएकाले त्यसको आवश्यक क्षेतिपूर्ति दिन अखिल नेपाल किसान महासंघले सरकारसँग माग गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै किसानले भित्राउने तयारी अवस्थामा रहेको देशको मुख्यबाली धानमा ठूलो क्षेति पुगेकाले क्षतिको सत्यतथ्य विवरण संकलन गरी सरकारले किसानलाई राहत दिनुपर्ने माग गरेको छ ।

प्राकृतिक विपत्ति लगायतका कारण कृषि क्षेत्रमा हुने क्षतिबाट किसानलाई संरक्षण गर्नका लागि बाली विमाको कार्यक्रमलाई सहज र प्रभावकारी बनाउनुका साथै मौषम पूर्वानुमानलाई थप प्रभावकारी बनाउने र आम किसानहरुलाई सहजै जानकारी प्राप्त गर्ने गरी व्यवस्था मिलाउन पनि महासंघले सरकारसँग माग राखेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले डुवान हुँदा भित्र्याउने तयारीमा रहेको ठुलो परिनामको धान खेतमै नष्ट भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : २६ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण