न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने | Khabarhub Khabarhub

न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।

न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ४८ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती