मेरापिकमा पर्यटकसँग गएका भरियाको मृत्यु « Khabarhub

मेरापिकमा पर्यटकसँग गएका भरियाको मृत्यु


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ । पर्यटकको भरियाका रूपमा गएको बुझिए पनि कुन कम्पनीबाट गएको भन्नेबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्कसमेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाइ छ । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ०० बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय