एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार | Khabarhub Khabarhub

एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्‍यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए ।

एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेको थियो । समारोहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्‍यो । नेकपा एसको नामसमेत लिएन ।

सुरुदेखि नै वर्गशत्रुका रूपमा समाजवादी पार्टीलाई लिइएको छ । त्यतिमात्रै होइन, कार्यक्रमका वक्ताहरूले नेकपा (एस) को खोइरो खने । एमाले महासचिव पोखरेलले कम्युनिष्ट पार्टी फुटाएर विरोधी पार्टीलाई सत्ता सुम्पिने माधव समूहको गठबन्धन चकनाचुर हुने दाबी गरे । ‘एमालेविरुद्ध जुन गठबन्धन बनेको छ, यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन । यो चकनाचुर हुनेवाला छ । यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धराशायी बनाउन हो,’ उनले थपे, ‘यो अराजकतालाई बढावा दिनका लागि हो । सामाजिक सद्भावलाई खलवल्याउने र विदेशीको इसारामा घुँडा टेक्ने गठबन्धन हो । एमाले यसको विरुद्ध लाग्छ ।’

एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एकीकृत समाजवादीले कम्युनिष्टको आदर्शविपरीत काम गरेको आरोप लगाए । ‘अहिले एमाले विभाजित गरेर कम्युनिष्ट भन्ने शक्तिहरूले दलाल नोकरशाही पुँजीपतिहरूको संरक्षण गरिरहेका छन् । विदेशीको इसारामा नाच्ने पार्टीको नेतृत्वमा सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार दलाल नोकरशाही पुँजीवादीहरूको हो । यसविरुद्ध एमाले लाग्नुपर्ने छ ।’ उनले माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।

पूर्वगृहमन्त्री अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै त्यो नस्वीकार्ने बताए । ‘कृत्रिम विभाजन कहिलै स्वीकार्य छैन । सेटिङबाट गरेको विभाजन हामीलाई स्वीकार्य छैन । हामी भुइँबाटै देखाउन चाहन्छौं, ६ गते वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनबाट अझ बढी मजबुत बनाएर लाग्छौं,’ उनले भने, ‘यो देशमा नेकपा एमाले जिउँदै छ । हराभराका साथ अगाडि बढ्छ । सम्पूर्ण गलत चिन्तन, शैली प्रवृत्तिलाई चुनौतीका साथ सामना गर्दै संघीयतालाई दृढतापूर्वक अगाडि बढाउँछ ।’ न्यूज कारखाना

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ४० बजे

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउनू

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता

आगोको रापमा सेलिब्रेटी अनुहार : सूत्रधारदेखि आगो झोस्नेसम्म

काठमाडौं – भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनमा