विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह « Khabarhub

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरी काम गर्न आग्रह गरेका हुन् । उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन अस्तव्यस्त बनाएको बनाएको भन्दै राहत र उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्।

ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै उनले सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार राहतका लागि केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले सिंगै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानवाली नष्ट भएको भन्दै किसानहरुलाई समेत राहत दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ०० बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल