बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल « Khabarhub

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार अपरान्ह छलफल भएको हो ।

करिब २ घण्टा उनीहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनायो ।

प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिन ढिलाइ गरिरहेका बेला सत्ता गठबन्धनका नेताहरुबीच भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुबै प्रदेशमा एमाले नेतृत्वको सरकार स्पष्ट अल्पमतमा छ । त्यसैले यी दुई प्रदेशमा नयाँ सरकार बनाउने विषयमा उनीहरुबीच छलफल भएको छ ।

यी दुबै प्रदेशमा नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा सरकार बनाउने विषयमा दलहरुबीच मोटामोटी सहमति बनेको छ । तर त्यसको औपचारिक जानकारी भने दिइएको छैन ।

प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोटेश्वर पुगेर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ३० बजे

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी