एचआईभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा | Khabarhub Khabarhub

एचआईभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- एचआईभी संक्रमित पूर्वराष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् ।

२५ वर्षदेखि एचआइभीको संक्रमणमा रहेका उनले एचआइभी संक्रमितले पनि केहि गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गर्न लागेको बताएका थिए । उनले आज (बुधबार) बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक टेकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

५६ वर्षका गोपाल श्रेष्ठले संक्रमितहरुलाई दया, माया वा हेला नभई अवसर र सहभागिताको अनुकूल वातावरण भए तिनले पनि अरु सामान्य मानिसले झैं आफ्नो परिवार, समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि केही गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरेका छन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही गोपाल श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।

΄स्टेप अप क्याम्पेनः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ्-ला पास (५४१७ मि.), आइसल्याण्ड पिक (६१८९), र भर्जिन पिक खाङ कार्पो (६६४६ मि.) को आरोहण गरिसकेका छन् भने सन् २०१५ को महाभूकम्पका कारण सगरमाथा आधार शिविरमा घाइते अवस्थामा उनको उद्धार गरिएपछि सगरमाथा आरोहणको त्यहिं अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ५७ बजे

धुम्रपान न्यूनीकरणमा सादा प्याकेजिङ र कर नीति प्रभावकारी हुने

काठमाडौं – सुर्तीजन्य पदार्थको बढ्दो उपभोग न्यूनीकरण गर्न उच्च कर

अमेरिकी रोजगारी तथ्याङ्क: डलर कमजोर, शेयर बजारमा वृद्धि

लन्डन – अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग

राप्रपामा कुनै गुटउपगुटको समस्य छैनः लिङ्देन

लमजुङ – राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न