मेलर्वनमा २६२ दिनपछि खुल्दै लकडाउन « Khabarhub

मेलर्वनमा २६२ दिनपछि खुल्दै लकडाउन


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुल्न लागेको हो ।

महामारी फैलिएपछि मेलवर्न बिश्वमै धेरै पटक लकडाउन हुने एक मात्र सहर बनेको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रियुजले आइतबार मेलवर्नको लकडाउन खुला गर्ने घोषणा गरेका थिए । मेलवर्न भिक्टोरिया राज्यको राजधानी सहर हो ।

मेलवर्नमा ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । ‘बिहीबार रातको ११ बजेर ५९ मिनेटदेखि मेलवर्नमा लकडाउन, प्रतिबन्ध र कर्फ्यु हुनेछैन् ’, एन्ड्रियुजले भने । ५० लाख जनसंख्या भएको मेलवर्नमा बिहीबारसम्म छैटौं पटक गरी २६२ दिनसम्म लकडाउन लागू हुनेछ । मेलवर्नमा सुरुमा सन् २०२० को मार्चमा लकडाउन भएको थियो ।

अस्ट्रेलया र अन्य सञ्चार माध्यमहरुले यो विश्वकै सबैभन्दा लामो लकडाउन भएको बताउँदै आएका छन् । यसअघि अर्जेन्टिनाको व्युनस आर्यसमा २३४ दिन लकडाउन भएको थियो ।

सरकारले कोभिड महामारीलाई शून्यमा झार्ने रणनीति लिएको छ । यसका लागि खोप अभियानालाई तीब्रता दिएको छ ।

भिक्टोरियामा १६ वर्षमाथिका ६५ प्रतिशत भन्दाबढीले दोस्रो डोज लगाएका छन् भने ८९ प्रतिशतले पहिलो डोज लगाएका छन् । लकडाउन खुलेसँगै प्रत्येक दिन कुनै पनि व्यक्तिको घरमा बढीमा १० जना आगन्तुकले भ्रमण गर्न सक्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : ०४ बजे

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला