दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार « Khabarhub

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।

आज अन्य र म्युचल फण्डको समूह मात्रै हरियो देखिएका छन् । व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक दुई प्रशितभन्दा धेरैले ओरालो लागेको छ ।

त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो सेयरका लगानीकर्ता रहेका छन् । लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी माइनस १७ दशमलव ६० अंकले घाटामा गएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ३ : ५० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा