‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरी | Khabarhub Khabarhub

‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरी


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उमंग क्रिएसनले आयोजना गर्न लागेको ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजकले बिहिबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन गर्दै प्रतियोगी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सुन्दरीहरुले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्धाका विषयमा बनाएका २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगीतामा १६ बाट अब शीर्ष १० सुन्दरी छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दिए ।

प्रतियोगिताको ग्राण्ड फिनाले यही अक्टोबर ३० अर्थात कार्तिक १३ मा हुनेछ । प्रतियोगीताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमङ्ग क्रियसनले गतवर्षबाट प्रतियोगी पठाउन थालेको हो । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ३७ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले