पुरानै लयमा फर्कियो कुवेत, नयाँ भिसा भएकाले पनि प्रवेश पाउने « Khabarhub

पुरानै लयमा फर्कियो कुवेत, नयाँ भिसा भएकाले पनि प्रवेश पाउने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको कुवेतले कोरोना महामारीका कारण लगाएको बन्देज हटाएको छ ।

कुवेतका प्रधानमन्त्री शेख सबाह खालिद अल-हमाद अल-सबाहले सामान्य जीवनमा फर्कने क्रमिक योजनाको पाँचौं चरणमा प्रवेश गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै सरकारी सञ्चार केन्द्रका प्रमुख तारिक अल-मेजरिमले भने कुवेतको मन्त्रिपरिषद्ले आज अर्थात २२ अक्टोबर सम्म मस्जिदहरुमा प्राथाना गर्नेहरु बीचको सामाजिक दूरी प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

उनका अनुसार मन्त्रिपरिषद बैठकले मानिसहरुलाई मास्क नलगाई बाहिर जान अनुमति दिने निर्णय गरेको छ , तर उनीहरुलाई आइतबार अक्टोबर २४ सम्म सामाजिक दूरीको पालना गरी घर वा मार्केटहरु भित्र मात्र मास्क लगाउन अनुरोध गरेका छन् ।

साथै, कुवेत स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेको कोरोनाको पूर्ण डोज खोप प्राप्त गरिसकेका सबै देशका आप्रबासी श्रमिक हरुलाई नयाँ भिसा जारी गर्ने अनुमति दिएको छ भने आइतबारबाट कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण क्षमतामा संचालन हुने अल-मेजरिमलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कुवेतमा जनजीवन सामान्य अवस्थामा फर्किए पनि कोभिड – १९ फैलावट रोक्न स्वास्थ्य सावधानी भने अपनाउनु पर्नेछ । कुवेत सरकारको यो निर्णयसंगै कोरोनाका कारण नेपालमा फसेका भिसाको म्याद बाँकी रहेका नेपाली श्रमिकले सहज रुपमा कुवेत प्रवेश गर्न सक्नेछन् ।

नेपालमा नयाँ भिसा लागि कुवेत जाने पर्खाइमा रहेका श्रमिकले पनि राहत पाउने छन् । पछिल्लो समय कोरोना महामारी कम हुँदै गएपछि कतार, साउदी अरब, बहराइन, ओमान, यूएई लगायतका मुलुकहरुले कोरोनाका कारण लगाएको प्रतिबन्ध क्रमश हटाउदै आ-आफ्नो मुलुकलाई पुरानै लयमा फर्काउदै छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : १४ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर