कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु « Khabarhub

कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ ।

कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको पनि उसले जनाएको छ । सन् २०२० को जनवरीदेखि यसै वर्षको मे महिनामा उनीहरुको मृत्यु भएको हो ।

‘स्वास्थ्यकर्मीलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रेससले भने । खोप वितरणमा देखिएको असमानताप्रति उनले असन्तुष्टि जनाए ।

यसअघि डब्लूएचओका अर्का बरिष्ठ अधिकारीले खोप अभावमा अर्को वर्ष पनि विश्वमा कोभिड महामारी रहने चेतावनी दिएका थिए ।

विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । ‘हरेक पाँचमध्ये दुई स्वास्थ्यकर्मीले पूर्ण खोप लगाएको ११९ देशमा संकलन गरिएको तथ्यांकले देखाएको छ,’ डा. टेड्रोसले भने ।

तथ्यांकअनुसार अफ्रिकामा हरेक १० स्वास्थ्यकर्मीमध्ये मुश्किलले एक जनाले खोप लगाएका छन् जबकी उच्च आय भएका देशमा १० स्वास्थकर्मीमध्ये आठ जनाले खोप लगाएका छन् ।

खोप वितरणमा देखिएको असमानताका कारण स्वास्थ्यकर्मीको मृत्यु पनि महादेशअनुसार फरक फरक रहेको जनाइएको छ ।

अफ्रिकी महादेशमा ५ प्रतिशत भन्दा थोरै जनसंख्याले खोप लगाएका छन भने अन्य महादेशमा ४८ प्रतिशतले खोप लगाएका छन् । उच्च र मझौला आय भएका देशका धेरै मानिसमा खोपको पहुँच भएको डब्लूएचओको भनाई छ ।

विश्वभर लगाइएको कूल खोप परिणाममध्ये अफ्रिकामा जम्म २ दशमलब ६ प्रतिशतले लगाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : १३ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता