बेमौसमी वर्षाले खोटाङका कच्ची सडक अवरुद्ध  | Khabarhub Khabarhub

बेमौसमी वर्षाले खोटाङका कच्ची सडक अवरुद्ध 


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो । कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन् ।

बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बुलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बुलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ । कालोपत्रे भइसकेका दिक्तेल–जयराम सडकले नै हालसम्म जिल्लालाई हिउँद-वर्षा राष्ट्रिय सडक सञ्जालमा जोडिरहेको छ।

-न्युज कारखानाबाट 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ३० बजे

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नु नर्सिङ सङ्घको माग

काठमाडौं- नेपाल नर्सिङ सङ्घले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : संयोजक प्रचण्ड

महेन्द्रनगर (धनुषा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल

जेन-जी आन्दोलनमा यसरी ध्वस्त पारियो कलंकी मालपोत

काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका

प्रधानमन्त्रीलाई भेटेर कलाकारहरूले भने- देश सम्हाल्न आएकी आमालाई हामी साथ दिन्छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई देशका नौ जना चर्चित कलाकारहरूले बुधबार