मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने | Khabarhub Khabarhub

मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि रु एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो ।

बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ ।

हालसम्म २८६ लाई रु दुई करोड ८६ लाख भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानून न्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

त्यस्तै, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ३ उपनियम (२) बमोजिम रिक्त सदस्य पदमा प्रदेशसभा सदस्य विमला केसी, चन्द्रबहादुर शाही र हिमबहादुर शाहीलाई मनोनीत गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ४१ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)