ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको अमेरिकी सेनाको दाबी « Khabarhub

ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको अमेरिकी सेनाको दाबी


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सेनाले उत्तर-पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल-मातार ड्रोन हमलामा मारिएको बताएका छन्।

रिग्सबीले भने अल-मतरको हत्याले अल-कायदाको “अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्यागउँने छ।” उनले भने कि अल कायदाले “सिरियाको हवाला दिदै सिरिया, इराक र अन्य क्षेत्रमा पनि धम्की को लागि एक आधारको रूपमा प्रस्तुत गर्ने गर्दछ।”

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछि भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन्। रासस/एपी

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : ५७ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं