कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै | Khabarhub Khabarhub

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ ।

माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिए । थपाका अनुसार टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको छ । ३४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलनको सम्झौता भैसकेको उनले बताए ।

‘डीपीआर बनिसक्यो । अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा छ । प्रतिवेदन मन्त्रालयमा पुगिसक्यो,’ उनले भने, ‘मन्त्रालयबाट पास हुनेवित्तिकै काम सुरु हुन्छ ।’ अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय लगायत संरचना त्यहाँ बनाईने छ ।

ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास र ट्रेनिङहरु सञ्चालन गर्न मिल्ने संरचना तयार हुनेछ । सोही ठाउँमा ८० जना बालबालिकालाई अभ्यासका लागि नियमित राख्ने योजना रहेको थापाले बताए । यहाँबाट अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सन्चालन गर्न सकिने छ । यहाँ संरचना निर्माणका लागि फिफाले २० लाख डलर पठाएको छ ।

पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ खर्च हुने बताइएको छ । चरणबद्ध रुपमा ८० देखि ९० करोडसम्म लगानी हुनेछ । तर, प्रस्तावित ठाउँ जोखिमयुक्त रहेकोले संरक्षणको काम नेपाल सरकारले गर्नुपर्ने प्रश्ताव छ । इदी र मर्दी खोलाको दोभानमा रहेको जग्गामा सेण्टर निर्माण हुने भएकोले खोलाको जोखिम बढी रहेको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताए ।

‘जग्गा राम्रो छ । भुगोल र हावापानी सुन्दर छ,’ उनले भने, ‘तर खोलाको जोखिम कायम छ । त्यसलाई तटबन्ध गरेर संरक्षण गर्नुपर्छ । प्रदेश र संघ सरकारले सहयोग गर्ने बचन दिएको छ ।’

उनका अनुसार संरक्षणका लागि भने फिफाले लगानी गर्दैन । यसअघि नै गाउँपालिका र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत १ करोडको काम भैसकेको छ । अझै ४ करोड भन्दा बढी लाग्ने बताईएको छ । प्रश्तावित परियोजनाको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत अवलोकन गरेर फर्किएका छन् । उनले तटबन्धका लागि आवश्यक बजेट प्रदेश सरकारले विनियोजन गर्ने बचन दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : २५ बजे

सहकारी पीडितको समस्या समाधानबारे प्रधानमन्त्री : जे गर्नुपर्छ गरौँ, ठगेर हिँड्नेलाई नछाडौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल

प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठन सहमत

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ

शेखरले भने- अब कांग्रेसले देशलाई नयाँ दिशा दिनुपर्छ, मंसिरमै महाधिवेशन हुनुपर्छ 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई पुनर्जीवित र

कोशी सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई राहत वितरण

झापा– कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरूप