साउदीमा बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने « Khabarhub

साउदीमा बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको साउदी अरबले कोरोना संक्रमण कम हुँदै गएपछि आइतबारदेखि पूर्ण खोप (भ्याक्सिन) लगाएकाले बाहिर मास्क लगाउनुनपर्ने, सामाजिक दूरी पनि पालना गर्नु नपर्ने भएको छ ।

विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनहरूलाई शारीरिक दूरी नराखी पूर्ण खोप लगाएका व्यक्तिहरूको लागि पूर्ण क्षमतामा सञ्चालन गर्न अनुमति दिइने साउदीको आन्तरिक मन्त्रालयलाई उद्रित गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ ।

तर भित्र ठाउँहरुमा रहदा मास्क तथा सामाजिक दूरी लगायतका सावधानी अपनाउनै पर्ने र कानुन उलंघन गरे जरिवाना हुने नियम यथावत रहेको जनाइएको छ । साउदी सरकारको यो निर्णयसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकहरुलाई पनि राहत मिलेको छ ।

अब बिना मास्क बाहिर हिड्डुल गर्न पाउने भएका छन् । साउदीले कोरोना भाइरसको फैलावट रोक्न गत बर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरुमा अस्थायी प्रतिबन्ध लगाएर गरेको थियो ।

तर,पछि त्यति गर्दा पनि संक्रमण कम नभएपछि कर्फ्यू लगाएर सार्वजनिक जीवनका सबै गतिविधिहरु बन्द गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवाहरु बन्द गरेको थियो । साउदी अरबमा विभिन्न क्षेत्रमा गरि करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।

साउदीस्थित नेपाली दूतावाससँग आधिकारित तथ्यांङक नभए पनि कोरोना संक्रमणका कारण त्यहाँ कार्यरत १०८ भन्दाबढी नेपाली कामदारले ज्यान गुमाएको बताईएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : ४६ बजे

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक