माइतीघरमा इन्जिनियरहरुको विरोध प्रदर्शन « Khabarhub

माइतीघरमा इन्जिनियरहरुको विरोध प्रदर्शन


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एसोसिएशन नेपालले माग गरेको छ ।

शनिबार माइतीघर मण्डलामा प्रर्शन गर्दै एसोसिएशनले इन्जिनियरमाथि हुने हरेक दमनलालाई रोक्न माग गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।

उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानवीय भएको बताएका छन् । विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एसोसिएशन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले प्रदेश २ मा त्रास फैलिएको भन्दै के नेपालमा सिके राउत राज चलनेको हो त ? भन्दै प्रश्न समेत गरेका थिए । कुशवाहालाई यदि राज्यले न्याय नदिए आफूहरुले आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरी कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : २९ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा