पाँचथरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो | Khabarhub Khabarhub

पाँचथरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा गएको सोमबारयता बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव शनिबार फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ । रासस

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ०० बजे

मुआब्जा दिन नसक्ने भएपछि पूर्व–पश्चिम रेलमार्ग सार्ने तयारी गर्दै सरकार

काठमाडौं– सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि जमिनको मुआब्जा दिन

पूर्व राष्ट्रपतिलाई नजरबन्दको निर्णयपछि ब्राजिलमा अशान्ति

काठमाडौं – ब्राजिलको सर्वोच्च अदालतले दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति

नेकपा बहुमतमा विवाद : कालो मोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा

काठमाडौं–  नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले दुई पोलिटब्युरो सदस्यसहित

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत