दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप « Khabarhub

दक्षिण कोरियाका ७० प्रतिशतले पाए कोरोनाभाइरस विरुद्धको पूर्ण खोप


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो सङ्ख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जनाएका छन् ।

सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जनाएको छ । कतिपय अवस्थामा “कोरोनासँगै जीउन सिकौँ” भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।

दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएको हो । सरकारी अधिकारीहरुका अनुसार शनिबार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । महामारी सुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । एएनआई

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ४० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको