धार्मीक रुपले यति धेरै महत्वपुर्ण छ शनिबार « Khabarhub

धार्मीक रुपले यति धेरै महत्वपुर्ण छ शनिबार


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिबार धेरैकालागि महत्वपुर्ण बार मानिन्छ । बिदाको दिन हुने भएकाले कामकाजीहरुले फुर्सद मनाउने, घुमघाम गर्ने, आफन्तजन भेट्ने, किनमेल गर्ने वा घरका सन्तानलाई समय दिने काम यहि शनिबार हुने गर्दछ । यस अलावा धार्मीक रुपमा समेत शनिबारको विशेष महत्व छ ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिन मानिन्छ । नौ ग्रहमा वर्णित गरिएको ब्रहमान्डको न्यायाधीश नै शनिलाई मानिन्छ । ज्योतिषय मान्यता अनुसार शनिदेवलाई खुशी पारे जीवनमा नयाँ उर्जा ल्याउन सकिन्छ । त्यसैले हरेक हप्ता शनिदेवलाई तेल दान गर्ने, पुज्ने र व्रत बस्ने परम्परा रहँदै आएको छ । शनिबारको व्रत गर्दा शनि ग्रहको अनिष्ट फलको परिशमन हुने धार्मीक विश्वास छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ ।

शनी भगवान सूर्यका पुत्र हुन् । उनकी आमाको नाम छायाँदेवी हो । यमराज उनका भाई हुन् । यस्तै यमुना उनकी बहिनी हुन् । शनिदेवको उपासना मानवकालागि शुभ मानिन्छ । शनिको उपासना गर्दा शनिबार तेल दान बाहेक पिपलको विशेष पूजा गर्नुपर्दछ । यस्तै यस दिन कालो तिल दान गर्ने परम्परा छ । छालाका जुत्ता र चप्पल पनि दान गर्ने चलन छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : १७ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित