धार्मीक रुपले यति धेरै महत्वपुर्ण छ शनिबार | Khabarhub Khabarhub

धार्मीक रुपले यति धेरै महत्वपुर्ण छ शनिबार


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिबार धेरैकालागि महत्वपुर्ण बार मानिन्छ । बिदाको दिन हुने भएकाले कामकाजीहरुले फुर्सद मनाउने, घुमघाम गर्ने, आफन्तजन भेट्ने, किनमेल गर्ने वा घरका सन्तानलाई समय दिने काम यहि शनिबार हुने गर्दछ । यस अलावा धार्मीक रुपमा समेत शनिबारको विशेष महत्व छ ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिन मानिन्छ । नौ ग्रहमा वर्णित गरिएको ब्रहमान्डको न्यायाधीश नै शनिलाई मानिन्छ । ज्योतिषय मान्यता अनुसार शनिदेवलाई खुशी पारे जीवनमा नयाँ उर्जा ल्याउन सकिन्छ । त्यसैले हरेक हप्ता शनिदेवलाई तेल दान गर्ने, पुज्ने र व्रत बस्ने परम्परा रहँदै आएको छ । शनिबारको व्रत गर्दा शनि ग्रहको अनिष्ट फलको परिशमन हुने धार्मीक विश्वास छ । धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ ।

शनी भगवान सूर्यका पुत्र हुन् । उनकी आमाको नाम छायाँदेवी हो । यमराज उनका भाई हुन् । यस्तै यमुना उनकी बहिनी हुन् । शनिदेवको उपासना मानवकालागि शुभ मानिन्छ । शनिको उपासना गर्दा शनिबार तेल दान बाहेक पिपलको विशेष पूजा गर्नुपर्दछ । यस्तै यस दिन कालो तिल दान गर्ने परम्परा छ । छालाका जुत्ता र चप्पल पनि दान गर्ने चलन छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : १७ बजे

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी