सेयर बजार २६ दशमलव ९६ अंकले बढ्यो « Khabarhub

सेयर बजार २६ दशमलव ९६ अंकले बढ्यो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज दुई सय २५ कम्पनीको दुई अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन् । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।

व्यापार समूहको सूचकमाबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको सूचकमा चार प्रतिशतभन्दा बढीको सुधार भएको छ भने अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार भएको छ बाँकी सबै समूहको सूचकमा शून्यदेखि एक प्रतिशतसम्मको सुधार आएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी कम्पनीको सेयरमुल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले धेरै नेक्सानी ब्यहोरेका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ३६ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ