हिन्दु राष्ट्रका पक्षमा भैरहवामा धार्मीक प्रवचन « Khabarhub

हिन्दु राष्ट्रका पक्षमा भैरहवामा धार्मीक प्रवचन


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल-  हिन्दु राष्ट्र पुन: स्थापनाको पक्षमा जागरण पैदा गर्न भैरहवामा आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबारेखि सुरु भएको छ ।

अनन्त श्री विभूषित श्री जगतगुरु शंकराचार्य कार्यसमिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको विराट धर्म सभा सुरु हुनुअघि शोभा यात्रा निकालिएको थियो ।

सिद्धार्थनगर-४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गर्दै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा पुगेको थियो । शोभा यात्रामा धर्मगुरु तथा विभिन्न धार्मिक संघ-संस्थालगायतको सहभागिता थियो ।

श्री गोवर्द्धन मठ पुरी-पीठका प्रमुख शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज धार्मिक सभामा आएका छन् । हिन्दु धर्मका धर्माचार्य तथा धर्म गुरुहरूमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराज नेपाल आएपछि हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधीशहरू भैरहवामा भेला भएका छन् ।

आध्यात्मिक जागरण एकता विराट धर्मसभा कार्यसम्पादन मूल समितिका संयोजक कृष्णप्रसाद शर्माले अनन्त श्री विभूषित श्री जगतगुरु शंकाराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजलाई बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुसीको अनभुति भएको बताए ।

आध्यात्मिक गुरु तथा हिन्दु विद्यापीठ स्कुलका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले नेपाललाई हिन्दु राष्ट्र बनाउने एक मात्र लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : २५ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग