पद छाड्न जवरालाई चौतर्फी दबाब, सर्वोच्च बारले पनि माग्यो राजीनामा | Khabarhub Khabarhub

पद छाड्न जवरालाई चौतर्फी दबाब, सर्वोच्च बारले पनि माग्यो राजीनामा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामा माग गरेकामा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् ।

सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका छन् ।न्यायालयमा उत्पनन्न परिस्थिति जिम्मेवार नेतृत्व नै भएकाले जवराले नै निकास दिनुपर्ने शाक्यको भनाइ छ ।

सर्वोच्च बार एशोसिएसनका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा न्यायालयमा सिर्जित विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,’‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ४१ बजे

सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने

हेटौँडा– गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ कार्यविधि ल्याएको छ ।

टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ?

काठमाडौं– हरेक वर्ष उखु किसान काठमाडौँ आएर धर्ना नबसेसम्म सरकारले

दुर्घटना न्यूनीकरणका लागि बागमतीमा ‘नो हेलमेट, नो फ्युल’ अभियान सञ्चालन 

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता

उपप्रधानमन्त्री सिंहले भने- चाडबाडको मौका छोपेर कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्छ 

बुटवल– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र