पद छाड्न जवरालाई चौतर्फी दबाब, सर्वोच्च बारले पनि माग्यो राजीनामा « Khabarhub

पद छाड्न जवरालाई चौतर्फी दबाब, सर्वोच्च बारले पनि माग्यो राजीनामा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामा माग गरेकामा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् ।

सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका छन् ।न्यायालयमा उत्पनन्न परिस्थिति जिम्मेवार नेतृत्व नै भएकाले जवराले नै निकास दिनुपर्ने शाक्यको भनाइ छ ।

सर्वोच्च बार एशोसिएसनका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा न्यायालयमा सिर्जित विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,’‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ४१ बजे

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२

रास्वपाकी मधेस सभापति ममताले दिइन् राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल