नेपाल बार र सर्वोच्च बारले पनि मागे  प्रधानन्यायाधीशको राजीनामा (भिडियोसहित) « Khabarhub

नेपाल बार र सर्वोच्च बारले पनि मागे  प्रधानन्यायाधीशको राजीनामा (भिडियोसहित)


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार सञ्चालनमा भागवण्डाको आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि राजीनामाको चर्को दबाब परेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशले नै राजीनामाको माग गरेकोमा साँझसम्म नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले पनि जवराको राजीनामा मागेका छन् ।

सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले बताएका छन् ।

न्यायालयमा उत्पन्न परिस्थिति जिम्मेवार नेतृत्व नै भएकाले जवराले नै निकास दिनुपर्ने शाक्यको भनाइ छ ।

सर्वोच्च बार एशोसिएसनका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा न्यायालयमा सिर्जित विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,’यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

नेपाल बारले पनि माग्यो राजीनामा

सोमबार अपराह्न नै बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छ ।

न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार मात्रै सार्वजनिक गर्छौँ।’ मंगलबार सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सोमबार बिहान नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष

जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ । तर प्रमुख राजनीतिक दलहरु भने यस विषयमा मौन छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ३५ बजे

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण