लिबियाबाट उद्धार गरिएका १५ नेपाली स्वदेश आइपुगे | Khabarhub Khabarhub

लिबियाबाट उद्धार गरिएका १५ नेपाली स्वदेश आइपुगे


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि लिबिया गएर फसेका १५ जना नेपालीको उद्धार गरिएको छ ।

उद्धार गरिएका उनीहरुलाई बुधबार नेपाल ल्याएको हो । राम्रो काम र कमाइको प्रलोभन देखाएर लिविया दलालमार्फत पुगेका ती कामदार युद्धग्रस्त क्षेत्रमा अलपत्र परेसँगै उनीहरुलाई लिवियाको त्रिपोलीबाट उद्धार गरेर नेपाल ल्याइएको हो ।

नेपाल फर्किनेहरुमा गणेश थापा मगर, पूर्णबहादुर गुरुङ, अमृत गुरुङ, कृष्ण कोइराला, राजु विश्वकर्मा, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की रहेका छन् । अलपत्र १५ जना नेपालीलाई आइओएमले नै शरण दिएको र नेपाल फर्किन हवाई टिकटको व्यवस्था समेत गरेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

युद्धग्रस्त देशमा पुगेका १५ जना नेपाली कामदारको इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय आप्रवासी संघठन (आइओम), लिवियाली प्रहरी र नेपाली शान्ति सेनाको सयंक्त टोलीले उद्धार गरी आइएमओको वेश क्याम्पमा राखेर नेपाल फकाइएको दूतावासले जानकारी दिएको छ ।

उद्धार गरिएका सबै १५ नेपालीको मेडिकल जाँच गरि सवै कागजपत्र बनाएर लिवियाबाट टर्की हुँदै बुधबार बिहान ८ बजे काठमाडौं पठाइएको थियो । उनीहरु कसरी र कोमार्फत लिबिया पुगेका हुन भनेर अनुसन्धान भइरहेको दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ३३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– शुक्रबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

दमौली– भीमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पुल ७२ दशमलव २०

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट