प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित « Khabarhub

प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफूबाहेकको पेसी तोकेका छन् ।

सरकार सञ्चालनमा ‘भाग’ खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् ।

असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका लागि पेसी तोके पनि सुनुवाइ भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास वहिष्कारको अभियानमा छन् ।

प्रधानन्यायाधीशले आठ वटा इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए । तर, सुनुवाइ हुन सकेको थिएन ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : ४२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा