साउदीमा आप्रवासीले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने  « Khabarhub

साउदीमा आप्रवासीले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने 


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको साउदी अरबले नेपालीलगायत अन्य आप्रवासी कामदारले साउदी प्रवेश गरेको एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ ।

साउदी अरबको मानव संसाधन तथा समाज विकास मन्त्रालयले आप्रवासी कामदारहरूलाई करार अवधि पुरा भएपछि साबिकको रोजगारदाताको स्वीकृति नलिएरै तथा साउदी प्रवेशको पहिलो एक वर्षभित्रै पनि रोजगारदाता कम्पनीले स्वीकृति दिएमा नयाँ रोजगारदाता परिवर्तन गर्न पाउने गरी नयाँ श्रम कानुन संशोधन गरी स्वीकृति गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

साउदीले श्रम कानुन सुधार्दै २०२१ को मार्चदेखि नै रोजगारदाता कम्पनी परिवर्तन तथा रोजगारदाताको अनुमति विना देश छोड्ने भिसा (एक्जिट भिसा) पाउने अनुमति दिइसकेको छ ।

साउदीले श्रम बजारमा श्रमिकलाई आकर्षित गर्न करार अवधि सकिएपछि रोजगारदाता फेर्न पाउने र रोजगारदाताले अनुमति नदिए पनि साउदीबाट स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ ।

नयाँ श्रम कानुन संशोधन स्वीकृति प्रदान गरिएसँगै त्यहाँ कार्यरत नेपाली लगायत लाखौँ विदेशी श्रमिक लाभान्वित हुने भएका छन् । साउदीमा करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ५९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते