प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै | Khabarhub Khabarhub

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

प्रधानन्यायाधीश जवरा मुद्दाको सुनुवाइमा


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्।

जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन।

सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्।

छलफलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र सहभागी छन्।

बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान, ईश्वर खतिवडाले पनि लिखित रुपमै सामुहिक निर्णयको पक्षमा रहेको जनाएका छन्।

बिदामा रहेका न्यायाधीश नहकुल सुवेदी पनि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमै छन्। राणा सर्वोच्चमा एक्लिए पनि आज आफुसहित पेसी तोकेका हुन।

सर्वोच्च अदालतमा एक्लीएपनि जबराले राजीनामा नगर्ने अडान लिएपछि न्यायाधीशहरुले इजलासमा नबस्दा केहीदिनदेखी सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेको छैन। चार जना पूर्वप्रधानन्यायाधीशहरु, नेपाल बार एशोसिएशन लगायत कानुन क्षेत्रका सबैले प्रधान्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने विज्ञप्तिनै जारी गरेका छन्।

सर्वोच्चका सबै न्यायाधीशहरुले सामुहीक रुपमा जवराले तोकेको पेसी अवज्ञा गरिरहे उनले आजपनि ११ इजलास तोकेका छन् । जबराले आफ्नै नेतृत्वमा संवैधानिक इजलासको समेत पेसी तोकेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : १३ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर