भान्सामा सँधै राख्नुपर्ने चार कुरा | Khabarhub Khabarhub

भान्सामा सँधै राख्नुपर्ने चार कुरा


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मीक मान्यता अनुसार माता लक्ष्मीलाई प्रसन्न पारे घरमा सुख समृद्धि आउने विश्वास गरिन्छ । मानिसहरु लक्ष्मीको आराधना, पूजा लगायतका विभिन्न उपाय मार्फत लक्ष्मी प्रसन्न पार्ने र कृपा पाउने यत्नमा हुन्छन् । तर घरभित्रका केहि चीजले भने माता लक्ष्मीलाई निराश बनाउन सक्छ ।

वास्तुशास्त्रका अनुसार घरभित्र हुने केहि चीज छन् जो माता लक्ष्मीलाई मन पर्दछ । यि चीज हमेशा घरमा रहनुपर्ने धार्मीक मान्यता छ । अन्यथा घरमा नकारात्मकता भित्रने गर्दछ । घरको भान्सामा कहिल्यै सकिन नहुने ति चार चीज के हुन् त ?

क) पिठो (आटा)
हुनत हरेक भान्सामा पिठो (आटा) पाउन सकिन्छ । तर कतिपय यसको उपयोग नगर्ने हुदाँ र उपभोग गर्नेकोमा पनि नहुन सक्छ । यस्तोमा ध्यान रहोस्, पिठो घरभित्र हुनु वास्तुशास्त्र अनुसार शुभ मानिन्छ । यसले लक्ष्मी कृपा बर्सने धार्मीक मान्यता छ ।

ख) बेसार
बेसारको प्रयोगले खानाको रंग आर्कषक बन्दछ । बेसार शुभ कार्यमा पनि प्रयोग हुन्छ । वास्तु अनुसार घरमा बेसार सकिनु अशुभ मानिन्छ । तसर्थ घरबाट बेसार नसकिदैँ ल्याउनु पर्दछ । यसले ग्रह दोष पनि निवारण हुने बाधा पनि नष्ट हुने धार्मीक विश्वास छ ।

ग) नुन
नुन बिना खानाको स्वाद रहदैन । यस्तै भान्सामा नुन सकिनु वास्तु अनुसार नकारात्मक उर्जालाई निम्तो दिनु सरह हुन्छ । तसर्थ भान्सामा नुनको डब्बा नरिइकन यसमा नुन भर्नु पर्दछ । अन्यथा वास्तु दोष लाग्ने र घरमा धनको समस्या आउने विश्वास गरीन्छ ।

घ) चामल
हरेक भान्सामा चामल अनिवार्य पाइन्छ । चामल भान्सामा हुनु अत्यन्त शुभ मानिन्छ । खानाका अलावा चामलको प्रयोग पूजापाठमा पनि हुने गर्दछ । तर भान्सामा चामल पूर्ण सकिनु शुभ मानिदैन । यसो हुदाँ शुक्र ग्रहको दोष लाग्ने धार्मीक मान्यता छ । साथै घरमा धनसम्बन्धी समस्या आउने विश्वास गरीन्छ । तसर्थ भान्सामा चामल नसकिदै किन्नु पर्दछ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १ : २४ बजे

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा