समुद्री ह्वेलले किन गर्छन् मानिसको शिकार « Khabarhub

समुद्री ह्वेलले किन गर्छन् मानिसको शिकार


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन थालेका छन् । विशेषतः समुद्रमुनी अनुसन्धान र साहसिक गतिविधिमा जाने मानिसहरु ह्वेलको आक्रमणमा पर्ने गरेका छन् ।

तर, यस्तो आक्रमण बढ्नुमा ह्वेल माछा आफै झुक्किएर हो । उनीहरुले मानिसलाई समुद्री जनाबर सिल जस्तो मानेर आक्रमण गरेका हुन् । सिल सेता ह्वेल माछाको मन पर्ने शिकार हो ।

सेता ह्वेलले मानिसहरुलाई आक्रमण गरेपछि अस्ट्रेलियाका वैज्ञानिकहरुको एउटा समूहले यसबारेमा एउटा अध्ययन पनि गरेका थिए । उनीहरुले पौडी खेल्ने र सर्फबोर्ड चलाएका व्यक्तिहरुको भिडियो फुटेज अध्ययन गरेका थिए । सर्फबोर्ड समुद्रमा तैरिदा र हिउँमा स्केटिङ गर्दा प्रयोग हुन्छ ।

वैज्ञानिकहरुले भिडियो फुटेजलाई विभिन्न कोणबाट अवलोकन गरेका थिए । अवलोकन गर्दा मानिस र सील दुरुस्तै देखिएका थिए । पानीमुनिको सतहबाट हेर्दा पनि सील र मानिसलाई छुट्टाउन वैज्ञानिकलाई नै हम्मे परेको थियो । मानिस र सीलबीचको आकार पनि दुरुस्तै देखिएको थियो ।

‘वास्तवमा ह्वेलले मानिसलाई मार्ने रहेनछ , बरु सील जस्तो लागेर उनीहरुले आक्रमण गर्दा रहेछन,’ अनुसन्धान टोलीकी नेतृ डा. लाउरा रायन भन्छिन् ।

अनुसन्धानकर्ताहरू विशेषत सेता सार्कमा केन्द्रित भएर अध्ययन गरेका थिए । यो पनि विश्वास गरिन्छ की सार्कले अन्य प्राणीले जस्तो रंग छुट्टाउन सक्दैनन् । अर्थात उनीहरुमा रंग छुट्टाउने क्षमता सीमित हुन्छ । ‘रंग छुट्टाउने उनीहरुको क्षमता हाम्रो भन्दा कमजोर हुन्छ,’ रायन भन्छिन् ।

सार्क जब बढ्दै जान्छ, उसका आँखा ठूलो हुन्छ । आँखा ठूलो भएपछि उनीहरुको फोकस एउटा भन्दा पनि धेरै बस्तुमा हुने गर्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : २६ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट