टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै « Khabarhub

टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ ।

शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ । अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलियाकाे दुई खेलमा समान ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जितका साथ शीर्षस्थानमा छ । अफगानिस्तान एक खेलमा एक जितका साथ दोस्रो स्थानमा छ । नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ४० बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा