चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक « Khabarhub

चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धेरै प्रतिक्षा पछि, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो , अन्ततः नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरु प्रस्तुत गर्दैछ। सबै अटोमोबाइल उत्साहीहरुका लागी प्रतीक्षा लगभग समाप्त हुन गइरहेको छ। कम्पनीले २ वर्षभित्र ५ वटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्दैछ ।

चांगन अटोले आफ्नो प्रीमियम सेडान, “एल्सभीन” को आगमन संगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ। यस गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आराम, र कार्यक्षमताको मिश्रणको अनुभव गर्नुहुनेछ। १.४ लि. ब्लू कोर इन्जिन द्वारा संचालित, एल्स्भिन ७-इन्च फ्लोटिंग इन्फोटेनमेन्ट टच स्क्रीन प्रणालीसंग आउँछ।

एल्सभीनपछि, एक प्रीमियम लाइफस्टाइल पिक अप , “हंटर”, नेपाली सडकमा अनुग्रह हुन गइरहेको छ। हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ। हन्टरमा २३० एम.एमको ग्राउन्ड क्लियरेन्स हुनेछ जसले गर्दा यसलाई पूर्ण अफ-रोडर बनाउँछ। एल्स्भिन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् ।

२०२२ वर्षको सुरुवात लक्जरी ऐसयुवि , “ओशान एक्स ७” को लन्चसंग हुनेछ। ओशान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ। यसपछि मध्यम आकारको स्टाइलिश एस.यू.भी, “सीऐस ३५ प्लस ” लन्च गरिनेछ। सीएस ३५ प्लसले गुणस्तर डिजाइन संगै आरामदायक ड्राइभिंग अनुभव पनि प्रदान गर्दछ।

२०२२, एक उच्च एस्. यु. भी “युनि-टि” को आगमन संग समाप्त हुनेछ । यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ, अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन्। युनि-टि उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ। यदि कसैले रमणीय डिजाइन, उच्च-अन्तको टेक्नोलोजी, र आरामदायी ड्राइभिङ खोज्दै हुनुहुन्छ भने, युनि-टि सबैभन्दा राम्रो विकल्प हुन सक्छ।

२०२२ सालको अन्त्यसम्म, चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्ट्सका गाडीहरु नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : ५५ बजे

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका

लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा सधैँलाई अस्ताए

काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः

मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)

सिराहा– प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा  दुःख

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने