अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु  « Khabarhub

अवैधरूपमा कुवेतमा काम गर्दै आएका चार नेपालीको मृत्यु 


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको सिलसिला कुवेतमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

तेह्रथुम आठराई घर भएकी २६ वर्षीया सञ्चिता बस्नेतको त्यहाँको र्वानिया अस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

यस्तै इलाम सन्दुकपुरका प्रदीप फागुको गत शनिवार हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । मृतक फागु त्यहाँको मंगाफस्थित ब्लक-३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मृतक मध्ये अन्य दुई जनाको परिचय खुल्न सकेको छैन ।  फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि शवको पहिचान हुने दूतावासले जनाएको छ ।

पछिल्लो समय अधिकांश नेपाली महिला कामदार श्रम स्वीकृति बिनै गैर कानुनी बाटो हुँदै तेस्रो मुलुक कुवेत प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ५० बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच