एसोसिएटका आईकन सन्दीपलाई सीपीएलमा ७० हजार डलर ! « Khabarhub

एसोसिएटका आईकन सन्दीपलाई सीपीएलमा ७० हजार डलर !


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग  (सीपीएल) खेल्ने भएका छन् । सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा किनेको हो ।

अघिल्लो सिजनमा सेन्ट नेभिस एण्ड पेट्रियट्सबाट खेल्दै सीपीएलमा डेब्यु गरेका सन्दीप यो सिजनमा बार्बाडोज ट्राइडेन्टमा आवद्ध भएका हुन् । पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित हुँदै आएका सन्दीपका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

नेपाली राष्ट्रिय टोलीसँगै सन्दीपले विभिन्न लिगहरुमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सन्दीपले अघिल्लो सिजनमा पेट्रियट्सबाट ५ खेल खेलेर १ सय ६ रन खर्चिदै ७ विकेट लिएका थिए । गुग्ली व्वाईको पहिचान बनाएका सन्दीपलाई एसोसियट क्रिकेटको भविष्यका रुपमा पनि हेरिएको छ । सन्दीप्ले २०१८–०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए । सीपीएलको अघिल्लो सिजनमा ५ हजार डलर पारिश्रमिक पाएका सन्दीले यो सिजनमा भने ७० हजार डलरमा बिकेका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ९ : १९ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

साउदी र कतारले गरे उच्च गतिको रेलमार्ग निर्माणको सम्झौता

रियाद – साउदी अरब र कतारले सोमबार खाडी राज्यका राजधानी

चार वटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौं– नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य,

पर्यटकको रोजाइमा ‘अन्नपूर्ण–धौलागिरि’ पदमार्ग

म्याग्दी– म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास